sevenstartv.com ६ मंसिर २०८२, शनिवार

नेकपा एमालेले काठमाडौंमा कार्यक्रम गर्दै

५ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले आज काठमाडौँ कार्यक्रम गर्ने भएको छ। एमालेको नेसनल भोलिन्टियर फोर्सले  बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गर्ने भएको हो ।

बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ । 

 शनिबार प्रदर्शनीमार्गमा एमाले बागमती प्रदेश कमिटीले अर्को कार्यक्रम आयोजना गर्ने बताएको छ। त्यस दिन शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा कार्यक्रम गर्ने भनिएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्