sevenstartv.com १ असोज २०८३, बिहिवार

महिला विश्वकप कबड्डी,नेपालको जित

५ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपालले दोस्रो महिला कबड्डी विश्वकपमा तेस्रो जित हात पारेको छ । बङ्गलादेशको ढाकामा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार केन्यालाई रोमाञ्चक तरिकाले २८–२१ ले पराजित गर्याे । 

पहिलो खेलमा १३–११ स्कोरसहित नेपाल मात्र दुई अङ्कको अग्रतामा थियो । दोस्रो हाफमा नेपाले १५ स्कोर ग¥यो। यस नतिजासँगै नेपाल आफ्नो समूहमा चार खेलमा तीन जित र एक हारको स्थितिमा छ ।

नेपालले पहिलो खेलमा जन्जिबारलाई ५८–१६ ले सजिलै हराएर सानदार सुरुवात गरेको थियो । नेपालले बुधबार खेलेका दुई खेलमा मिश्रित नतिजा निकाल्यो। चाइनिज ताइपेईसँग ३१–१५ ले निराश बनेको नेपालले पोल्यान्डलाई ६३–२५ ले सजिलै हराएको थियो । 

महिला कबड्डी विश्वकप १३ वर्षपछि भएको हो। सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो।  भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो। सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्