एमाले कार्यकर्ताकर्ता र जेनजीहरुको झडपको कारण सिमरामा कर्फ्यु
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल तथा अर्का नेता महेश बस्उनेतसहितका नेताहरु बारा जाने भएपछि सिमरा विमानस्थलमा तनाब भएको छ । पोखरेल र बस्नेतको स्वागतका लागि विमानस्थलमा आएका एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि बारा जिल्ला प्रशासनले आज दिउँसो १२ः३० देखि बेलुका ८ बजे सम्मलाई कर्फ्यु लगाएको छ । प्रदर्शनका कारण विमानस्थ बन्द गरिएकाले पोखरेल भने काठमाडौँ विमानस्थलमै रोकिएका छन् ।
जेनजी युवाहरुको प्रदर्शन र राजनीतिक दल(सम्बद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षाको जोखिम उच्च बनेको भन्दै तत्काल लागू हुने गरी कर्फ्यू लगाएको जिल्ला प्रशासन बाराले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार आज दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन् ।

.gif)