sevenstartv.com २१ मंसिर २०८२, आइतवार

संघ र प्रदेशका पदाधिकारीको संयुक्त बैठक बस्दै

२१ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा शुक्रबार बिहान ११ बजे बैठक बस्ने भएको हो । 

जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारले प्रशासन सुधारको लागि भन्दै संघीय संसद्का पदाधिकारी तथा सांसदले पाउँदै आएको कर्मचारी सुविधा कटौतीको निर्णय गरेपछि संघीय संसद् असन्तुष्ट छ । कर्मचारी कटौतीलगायको निर्णयपछि संघ र प्रदेशसभाका पदाधिकारीहरू सरकारसँग असन्तुष्ट छन् ।

यही विषयमा थप छलफलका लागि संघीय संसद् र प्रदेश सभाका पदाधिकारीको संयुक्त बैठक आह्वान गरिएको हो । प्रतिनिधिसभाका सभामुख देवराज रिमाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, संसद् सचिवालयका महासचिवलगायतका पदाधिकारीले प्रधानमन्त्रीसँग भेटेरै असन्तुष्टि जनाइसकेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा सभामुख र अध्यक्ष लगायतले संघीय संसद् राष्ट्रको एक प्रमुख अंग भएकाले कर्मचारी कटौतीले कामकारबाहीमा प्रत्यक्ष असर परेको भन्दै निर्णय फिर्ताका लागि आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा अर्थमन्त्री, अर्थमन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेर आवश्यक निर्णय लिने बताएकी थिइन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्