sevenstartv.com २१ मंसिर २०८२, आइतवार

विप्लव नेतृत्वको नेकपाले आज जनप्रदर्शन गर्दै

२० कार्तिक २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज जनप्रदर्शन गर्ने भएको छ । । काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने भएको हो । 

 त्यसका लागि मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ । त्यहाँबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने र त्यहाँ जनसभामा परिणत हुने कार्यक्रम तय भएको छ । नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा वाम घटकसँग एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ । 

जेनजी आन्दोलनपछि वाम एकताको पहल गरेका विप्लव भने बुधबारको एकतामा सहभागी भएनन् । उनले निर्वाचनमा आयोगमा आफ्नो दल दर्ता गरेका छन्। आयोगमा दल दर्ता गर्दा पार्टीको नाम भने कम्युनिस्ट पार्टी नेपाल राखिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्