जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल को केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसिरहेको छ।
सोमबार बैठकको दोस्रो दिन केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूले बैठकका एजेन्डाहरूमाथि आ(आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । बैठकको मुख्य एजेन्डाहरूमा समसामयिक राजनीतिक परिस्थिति, आगामी निर्वाचन र सङ्गठनात्मक कार्ययोजना रहेका छन्। पार्टीले यी विषयहरूमा गहन छलफल गरी आवश्यक रणनीति तय गर्नेछ ।
यस बैठकलगत्तै, जसपा नेपालले कात्तिक १९ र २० गते ललितपुरस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी केन्द्रीय समितिको बैठक पनि आह्वान गरेको बस्नेतले बताए। केन्द्रीय कार्यकारिणी समितिको यो छलफलले केन्द्रीय समितिको बृहत् बैठकका लागि आधार तयार पार्नेछ ।

.gif)