sevenstartv.com २१ मंसिर २०८२, आइतवार

बिजुली काटिएपछि २८ सय कर्मचारी बिदामा, शंकर ग्रुपले बन्द गर्‍यो दुई उद्योग

१२ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेपछि शंकर समूहको जगदम्बाको दुई उद्योग बन्द भएको छ ।  जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ र जगदम्बा सिन्थेटिकले २० करोड ५० लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको छ ।

विद्युत् कटौतीपछि कर्मचारीलाई बिदामा राखेर दुवै उद्योग बन्द गरेको शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालले बताए । जगदम्बा स्टिलमा २२ सय कर्मचारी कार्यरत छन् भने जगदम्बा सिन्थेटिकमा ६ सय कर्मचारी छन् । अनुसार जगदम्बा स्टिलले मासिक ८० हजार टन स्टिल र सिन्थेटिकले मासिक २ सय टन धागोलगायत उत्पादन गर्दै आएको छ ।

डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली उपभोग गरेपछि थप प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले देशभरका २५ उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले कात्तिक ४ मा ६ उद्योग र कात्तिक ७ मा थप १८ उद्योगको बिजुली काटेपछि यस्तो अवस्था सिर्जना भएको हो । यसबाहेक एभरेस्ट पेपर मिलले मासिक बिजुलीको महसुलसमेत नतिरेको र उद्योग नै बन्द रहेकाले यसअघि नै बिजुली कटौती गरिसकेको प्राधिकरणले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्