sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सांसद् प्रधानले भने- मैले हतियार राखिरहेको छु तर अहिले किन नवीकरण हुँदैन

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राप्रपाका सांसद् धुव्रवहादुर प्रधानले आफूले अनुमति पत्र सहित हतियार राखेको तर अहिले नवीकरण नहुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा प्रधानले यसरी सरकारले अवैध मात्र भन्नुभन्दा परल मूल्यमा लिनुपर्ने सुझाव दिएका हुन् । यसरी सरकारले पनि नलैजाने अनि नवीकरण पनि नगर्ने हो भने देशभर अवैध हतियार रहने उनले बताए । उनले सबैभन्दा राम्रो यस्ता हतियार नवीकरण गर्नुपर्ने दाबी गरे ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले हतियारसहित सर्वोच्च प्रवेश गरेपछि राज्यले साना हतियारहरू नवीकरण नगर्ने निर्णय गरेपछि उनले आफू अप्ठ्यारोमा परेको भनी संसदमा कुरा उठाएका हुन् । प्रधान पूर्व सुरक्षाकर्मी समेत भएकाले उनले अनुमति पत्र लिएर हतियार राख्दै आएका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्