sevenstartv.com ६ मंसिर २०८२, शनिवार

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

९ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनायो । अमेरिका लिग स्मिथ पटेलले ७५ रनको अर्धशतकीय पारी खेले । १०० बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यस्तै मिलन्थ कुमारले पनि ७० रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

अमेरिकाका लागि साइतेजा मुकामल्लाले ४२ रन बनाउँदा शुभम रन्जानेले १९ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्