झोलुङ्गे पुलका ६ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
काठमाडौं । स्थानीय पूर्वाधार विकास विभाग (डोली) ले झोलुङ्गे पुलका ६ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय डोलीको सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुलका उक्त ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।
यसमध्ये निलगिरी निर्माण सेवा प्रालिले २०७५ साउन २३ गते ठेक्का लिएको खोटाङको पिलम्पा झोलुङ्गे पुल र २०७८ असोज १२ ठेक्का सम्झौता गरेको धादिङ लिखु धुनीबेसीर गोरखाको थुमी बुधेगरा जोड्ने झोलुङ्गे पुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको जनाएको छ । निलगिरी निर्माण सेवा प्रालिका आधिकारिक प्रतिनिधि युवराज डाँगी हुन् ।
यसैगरी गोरखाको क्योग्मा झोलुङ्गे पुलको ठेक्का रद्द गर्ने प्रक्रिया थालिएको छ । उक्त पुल निर्माणका लागि हरिहरि/शर्मिला जेभीले २०७६ असोज १२ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता गर्दा हरिबहादुर राउत र गौरीलाल राउत रहेका भए पनि आधिकारिक प्रतिनिधि गौरीलाल डाँगी छन् ।
यसैगरी झापाको कमल खोला दोभानको झोलुङ्गे पुल अलपत्र पार्ने कान्छाराम/युनिकर्न जेभीको ठेक्का तोड्ने प्रक्रिया थालेको छ । २०७८ असार १० गते सम्झौता भएको उक्त ठेक्का सम्झौता गर्दाको बखतमा रामकुमार श्रेष्ठ, पूर्णबहादुर तामाङ र हरिबहादुर खड्का रहेका थिए । यसमा आधिकारिक प्रतिनिधि हरिबहादुर खड्का रहेका छन् ।
यस्तै झापाकै बिरिङ बाह्रादशी झोलुङ्गे पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । २०७६ असोज १३ गते अंशुवी/पुष्पाञ्जली/स्वर्णीम जेभीले ठेक्का सम्झौता गरेको थियो । यसका आधिकारिक प्रतिनिधि वसन्त बुढाथोकी रहेका छन् भने ठेक्का सम्झौता गर्दाका बखतमा वसन्त बुढाथोकी, नरेन्द्रकुमार श्रेष्ठ र विश्वराज खनाल रहेका छन् ।
_b054lzC29r.png)

.gif)