sevenstartv.com ९ माघ २०८२, शुक्रवार

विश्वकप लिग-२ नेपालले अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्ने

९ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । दुबईस्थित अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर नेपालले सुरुमा बलिङ गर्ने  भएको हो । 

लिग–२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलाकाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलिको घोषणा भएको हो ।  नेपाली टिममा कप्तान पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अनिल शाह, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलमले स्थान पाएका छन् ।

लिग-२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म युएईमा हुँदैछन् ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्