sevenstartv.com ६ मंसिर २०८२, शनिवार

मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा

७ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन अर्थात् कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने जानकारी दिएको छ ।

 छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यका दिन गरी दुई दिन बिदा दिनुपर्ने नागरिकको माग बढिरहेको बेला प्रदेश सरकारले यो आंशिक सम्बोधन गरेको हो ।

यस निर्णयसँगै प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा निकायहरू मंगलबार बन्द रहनेछन्। छठ पर्व विशेष गरी मिथिला क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सूर्य देव र छठ मइयाको आराधना गरी धूमधामका साथ मनाउने गर्छन्।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्