वीरगन्ज भन्सार कार्यालयले गर्याे तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन
काठमाडाैं । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा रु ६५ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका अनुसार साउनमा रु २० अर्ब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सोको ८८ प्रतिशत अर्थात् १८ अर्ब ४४ करोड सङ्कलन भएको छ । भदौमा रु २२ अर्ब पाँच करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९४ प्रतिशत अर्थात् रु २० अर्ब ७२ करोड राजस्व सङ्कलन भयो भने असोजमा रु २२ अर्ब ५७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८४ प्रतिशत अर्थात् रु १९ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ ।

.gif)