sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

उद्योगहरूले तिर्न थाले विद्युत् उपभोगबापतको बक्यौता

३१ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सिमरा स्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड ट्रङ्क लाइनको कुल बक्यौता ५ करोड ८५ लाख रकममध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ । 

यस अघि नै बक्यौता तिर्न सुरु गरेर वैशाखबाट तिर्न छोडेको परासी स्थित लक्ष्मी स्टीलले पनि किस्ता बापतको ८४ लाख ९८ हजार रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई  बुझाएको छ ।

त्यसैगरी यसअघि किस्ता बुझाएर बिचमा छोडेको सर्वोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्