बाढी पहिरोबाट भएको क्षतिको कुल बीमा दाबी ३ अर्ब २६ करोड
काठमाडौं । बाढी पहिरोबाट भएको क्षतिमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमा हालसम्म रु. ३ अर्ब २६ करोड ७६ लाख बराबरको दाबी परेको हो ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा कूल ७०४ वटा बीमामा सो रकम बराबरको दाबी परेको छ ।


.gif)