नेप्से परिसूचक १८.४० अंकले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा १८.४० अंकको गिरावट आएको छ । कारोबार बन्द हुँदा नेप्से सूचक २४८७.१७ विन्दुमा पुगेको छ ।
आज बजारमा कुल ३ अर्ब १९ करोड ६२ लाख ९० हजार २१८ रुपैयाँ ७६ पैसा बराबरको सेयर कारोबार भएको छ। यसमा ७५ लाख १५ हजार १७८ कित्ता सेयर समावेश छन् । ३०९ स्क्रिपका ३५ हजार ८३७ वटा कारोबारमार्फत उक्त कारोबार भएको हो ।
आज बजारमा ३७ वटा कम्पनीको मूल्य बढेको छ । २०४ वटाको मूल्य घट्दा ८ वटाको स्थिर रहेको छ । आज बैंकिङ र म्युचुअल फण्ड समूहमा सामान्य सुधार देखिँदा अन्य समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट अन्य समूहमा देखिएको छ ।
हिमालयन पावर पार्टनरले सबैभन्दा धेरै अर्थात् ९.९३ प्रतिशत कमाउँदा समाज लघुवित्त नकारात्मक सर्किटसहित सबैभन्दा धेरै गुमाउने स्क्रिप बनेको छ । सबैभन्दा बढी कारोबार हुने कम्पनीमा मुक्तिनाथ विकास बैंक रहेको छ, जसको १५ करोड २२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी १२ करोड ६४ लाख, शिवम् सिमेन्ट्स ११ करोड २६ लाख हिमालयन रिइन्स्योरेन्सको ९ करोड ४२ लाख बराबरको कारोबार भयो ।

.gif)