sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

३० असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो । आजको बैठक सोही बैठकको निरन्तरता हो । 

असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका थिए । बैठकलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए । उनको सम्बोधन लगत्तै बैठक स्थगित गरिएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्