sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

आफू कहिल्यै पनि नबिग्रिएको अध्यक्ष ओलीको भनाई

२९ असोज २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन् । नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘ओली अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू । सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो ? हो भने केपी ओलीले छोड्दैन ।’

उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने ओलीको भनाइ छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्