sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

महालक्ष्मी बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

२५ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवासहित विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्