sevenstartv.com १३ माघ २०८२, मङ्गलवार

आज विश्व हुलाक दिवस मनाइँदै

२३ असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ बिहीबार विश्व हुलाक दिवस मनाइने भएकाे हाे । सन्  १८७४ मा स्विट्जरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको  वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।

सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक संघको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका  विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन्। यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्