लिटिल भ्वोइस् अफ द एयरका टप ४० छानिए
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘लिटिल भ्वोइस अफ द एयर–२०२५’ अन्तर्गत टप ४० प्रतिस्पर्धी छानिएका छन् । सोमबार सम्पन्न भएको प्रतियोगिताबाट टप ४० जना छानिएका हुन् ।
यसरी छानिएका नामहरुमा श्रीयन्स सिंह बस्नेत, अर्नभ मानन्धर, सुमिरन भट्ट, सुवेक्षा बस्नेत, आयुष तामाङ, समृद्धि कार्की, सक्रिय बोगटी, कृति अनुभव जोशी, प्रिसा ढकाल, समग्रीदेवी थापा, सुमिरा थापा, अर्थव अधिकारी, एन्जिला श्रेष्ठ, विभुष्ना बासुकला, जेशिका सिवाकोटी, मञ्जु देउला, दिया चापागाईं, मिसन कार्की, निर्भीक महर्जन, सन्ध्या अधिकारी, अग्रिम ओली, अंश बाँस्कोटा, परि रुचाल, स्राजी श्रेष्ठ, प्रिन्सा तामाङ, सनाह खनाल, सान्वी पराजुली र अनुश्री जिसी रहेका छन् ।
त्यसैगरी, अर्नभ लकान्द्री, रोशनी तामाङ, रोनश लामिछाने, युग श्रेष्ठ, परिधि श्रेष्ठ, रेविका श्रेष्ठ, अग्रिम तिमिल्सेना, इम्रोज मानन्धर, पुर्णिमा तामाङ र आरम्भ अधिकारी रहेका छन् ।
बालबालिकाको गायन प्रतिभालाई मध्यनजर गरेर निर्माण गरिएको यो कार्यक्रम सेभेन स्टार फोरके टेलिभिजनबाट प्रसारण हुनेछ । कार्यक्रम प्रसारण हुने बार र समय चाँडै टुंगो लगाइने आयोजक आइरिस डान्स फिटनेस एण्ड जिम स्टुडियोका निर्देशक केशव थापाले जानकारी दिएका छन् ।
यो कार्यक्रम कसैको पनि फ्रेन्चाइज नभइ नेपालमै उत्पादन गरिएको मौलिक रियालिटी शो हो । हाल निर्माण भइरहेको कार्यक्रम पहिलो सिजन हो । पहिलो सिजन जम्मा १८ भागको हुने पनि निर्देशक थापाले बताए ।
यस रियालिटी शोको जर्जहरुमा आनन्द कार्की, सिवानी मोक्तान, बुद्ध लामा, सुरक्षा मल्ल र रेष्मा पुन मगर रहेका छन् ।

.gif)