sevenstartv.com २१ कार्तिक २०८२, शुक्रवार

कक्षा १२ को पूरक परीक्षा आज र भोलि

७ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा आज र भोलि हुने भएकाे छ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा रोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ११ बजे शुरु हुनेछ । 

पहिलो दिन मंगलबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुनेछ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ । 

दुई विषयमा परीक्षा दने परीक्षार्थीका लागि भोलि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । 
 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्