sevenstartv.com ९ चैत २०८२, सोमवार

मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वको त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

 एक जना गम्भीर घाइते भएका छन् । भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको मृत्यु भएको हो  । सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका-६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खसेको प्रहरस्ले बताएको छ । 

प्रहरीका अनुसार  घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल बर्दघाट सुस्तापश्चिममा उपचार भइरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्