गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा शुरु
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैकिङ एप ‘गरिमा डिजि बटुवा’ बाट भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ ।
गरिमा विकास बैंकका ग्राहकले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाइल बैकिङ एपमा यो सेवा शुरु गर्न सक्ने बताइएको छ । यो भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को कुनै पनि क्यूआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
न्यूनतम १० हजारदेखि अधिकतम एक लाखसम्म क्रेडिट सीमा रहेको यस भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत लिन सक्नेछन् ।
भौतिक रुपमा नभई मोबाइल बैकिङ एपमा भर्चुअल रूपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नवीनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ । हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएम छन् ।

.gif)