आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर निर्धारण गरेको छ । बुधबारका लागि निर्धारण गरिएको विनिमयदर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४८ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९४ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ४४ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४३ पैसा र बिक्रीदर चार रुपैयाँ ४५ पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २३ पैसा र बिक्रीदर २२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ६८ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ६४ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ १५ पैसा र विक्रीदर ३६६ रुपैयाँ ७१ पैसा रहेको छ ।

.gif)