sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

सुनको मूल्यमा आज अर्को नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

२७ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज अर्को नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । 

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार एकैदिन ६० रुपैयाँ बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्