साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल र भारतबीच प्रतिस्पर्धा
काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएकाे छ । खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुरु हुने छ ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २–१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४–१ गोल अन्तरले हारेको थियो ।
भारतले भने लगातार ४ खेलमा जित हासिल गरेको छ । भारतले पहिलो खेलमा नेपाललाई ७–० ले, दोस्रो खेलमा बंगलादेशलाई २–० ले, तेस्रो खेलमा भुटानलाई ८–० ले र चौथो खेलमा भुटानलाई ५–० ले पराजित गरेको थियो ।
अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् ।

.gif)