आज भारतको आसामसँग नेपाल ‘ए’ टिम भिड्दै
काठमाडौं । नेपाल ‘ए’ टिमले आज भारतको गुवाहटीमा असाम प्रदेशसँग पहिलो टी(२० प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल ‘ए’ टिमले आसामसँग आज बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाल ‘ए’ टिममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन् ।
नेपाल ‘ए’ टिममा यू–१९का कप्तान विपिन शर्माले अवसर नपाउँदा यू–१९ टिममा उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री समेटिएका छन् । लामो समयको अनुबन्ध फुकुवासँगै राष्ट्रिय टिममा बोलाइएका आलमले आफूलाई प्रमाणित गर्ने अवसर ए टिमबाट पाएका छन् । पवन सर्राफसमेत नेपाल ‘ए’ टिममा समेटिएका छन् ।
ओपनर अनिलले राष्ट्रिय टिमबाट अस्ट्रेलिया भ्रमणमा मौका नपाएपछि ‘ए’ टिमको नेतृत्व पाएका हुन् । २६ वर्षीय अनिलले नेपालका लागि १४ टी-२० तथा १७ एकदिवसीय खेल खेलिसकेका छन् । भारत भ्रमण नेपाली खेलाडीका लागि अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी गर्ने अवसर हुनेछ । नेपाल ‘ए’ टिमलाई यो श्रृंखलाले भविष्यमा राष्ट्रिय टोलीमा प्रवेश गर्ने खेलाडीलाई आफूलाई प्रमाणित गर्ने प्लेटफर्म उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
क्यानले भारत भ्रमणका लागि विकेटकिपर ओपनर ब्याट्सम्यान शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको हो । नेपालले आसाममा पाँच टी–२० प्रतिस्पर्धा गर्नेछ । थप खेल भदौ १३, १४, १५ र १६ गते लगातार हुनेछन् ।

.gif)