sevenstartv.com २१ कार्तिक २०८२, शुक्रवार

रुवी हत्याका आरोपी जलेको अवस्थामा पक्राउ

११ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । रौतहटमा सुटकेशभित्र हत्या गरिएको अवस्थामा फेला परेकी रुवी साहको हत्यामा संलग्न भएको आरोप लागेका उनका पूर्व प्रेमी जलेको अवस्थामा फेला परेका छन् । साहको हत्या गरेर सुटकेसमा हालेर शव छोडेर फरार भएका लक्ष्मण पासवान रौतहटमै जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशका डीआईजी उमा चतुर्वेदीले दिएको जानकारीअनुसार जलेको अवस्थामा पासवान फेला परेका हुन् । उनलाई थप उपचारका लागि अहिले वीरगन्ज लगिएको छ ।

रुवीलाई पासवानले आफ्नै कोठामा बोलाएर हत्या गरेको खुलेको छ । पासवानले आफ्नो शरीरमा आफैँ आगो लगाएको आशंका प्रहरीले गरेको छ । तर अनुसन्धान जारी रहेको डीआईजी चतुर्वेदीले जानकारी दिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्