sevenstartv.com २० वैशाख २०८३, आइतवार

बालुवाटार नजिकै युवाहरूको प्रदर्शन, ५ वर्षे हदम्याद खारेज गर्न माग

८ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौँ । विभिन्न माग राख्दै युवाहरूको समूहले बालुवाटारनजिकै शनिबार प्रदर्शन गरेको छ ।

उनीहरूले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले ल्याइएको ५ वर्षे हदम्याद खारेज गर्न माग गरेका हुन् । त्यस्तै ⁠गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी, ललिता निवास लगायतका अनियमितताको काण्डमा यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्न तथा ⁠वित्तीय क्षेत्र, बैंक सहकारी, लघुवित्त, मिटरव्याजी पीडितहरूका समस्या तुरुन्त सम्बोधन गर्न पनि माग गरेका छन् ।

आजसम्मका सबै शीर्ष नेताका सम्पत्ति छानबिन गर्नको निम्ति नागरिकको तर्फबाट स्वतन्त्र नागरिक आयोग गठन गर्न पनि उनीहरूको माग छ । विद्युत् प्राधिकरणले विभिन्न व्यापारीबाट उठाउनु पर्ने २२ अर्ब २४ करोड रकम तत्काल असुल गर्न उनीहरूले माग गरेका छन् ।

यता ⁠विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न र⁠ ⁠वैदेशिक रोजगारको क्रममा विभिन्न माध्यमबाट पीडित भएका सम्पूर्ण नागरिकका समस्या समाधान गर्न उनीहरूले माग गरेका छन् ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्