sevenstartv.com १५ माघ २०८२, बिहिवार

हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदै

३ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदैछ । आज जलवायु परिवर्तन, हरित उर्जा, वायु प्रदूषण, समस्या र समाधान लगायत विषयमा प्यानल छलफलको आयोजना गरिएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य भानुभक्त जोशीका अनुसार यसबारे थुप्रै छलफहरु समेत हुनेछन् ।

आजै दिउँसो सभामुख देवराज घिमिरेले समेत सम्बोधन गर्ने तयारी भइरहेको छ। त्यसलगत्तै बैठक सकाउने तयारी भइरहेको छ। हिन्दकुश हिमालय क्षेत्रमा रहेक सातवटै देशहरुले भोगिरहेका जलवायु परिवर्तका समस्या साझा हुन् भन्ने धारणा बनाउने प्रयत्न यो बैठकले गर्नेछ । जलवायु परिवर्तन, मानव, जनावर र वोटविरुवाबीचको अन्र्तविरोध तथा प्रदूषणका समस्यालाई हिन्दकुश क्षेत्रका साझा समस्याको रुपमा विश्व मञ्चमा लैजान सबै देशले प्रतिवद्धता गर्नेछन्।

यी समस्याबारे दबाब दिन एक छुट्टै संयन्त्र बनाउने र यस्तो बैठकलाई निरन्तरता दिई थप छलफल गर्नेबारे समेत कुराकानी भइरहेको जोशीले बताए। हिजोको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस सम्झौताका प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै यो बैठक साझा र दिगो भविष्यको रोडम्याप तयार गर्ने ऐतिहासिक अवसर भएको बताएका थिए ।   

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको प्राविधिक सहयोगमा हिजो सुरु भएको बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देश नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्