५७३ वटा जल तथा मौसम मापन केन्द्रहरु सञ्चालनमा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ५७३ वटा जल तथा मौसम मापन केन्द्रहरु सफलतापूर्वक सञ्चालनमा आएको बताएका छन् । उनले यी केन्द्रहरूले मनसुनजन्य विपद् न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई अझ सशक्त र प्रभावकारी बनाउने बताएका हुन् ।
उनले आफ्नो नेतृत्वमा गत आर्थिक वर्षमा मात्र ३३ वटा मानवसञ्चालित जल तथा मौसम मापन केन्द्रहरुको स्तरोन्नति सम्पन्न भएको बताए । राष्ट्रिय स्तरमा नागरिक सुरक्षा र मनसुनजन्य विपद् न्यूनीकरणमा विगतभन्दा अझ सशक्त योगदान पुर्याएको साथै थप पुर्याउने अपेक्षा गरिएको छ ।
यस कार्यलाई सफलता पूर्वक अघि बढाउनु मन्त्रालयको प्राथमिकता रहेको उनको भनाई छ ।
