दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने भएका छन् ।
अर्थ समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउसो १ बजेको लागि बोलाइएको छ । बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल गर्ने कार्यसूची छ ।
