sevenstartv.com ११ असार २०८३, बिहिवार

रविलाई रुपन्देही कारागारबाट निकालियो, काठमाडौं ल्याइदै

३१ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ । लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल  लगिने र  बुद्ध एअरको जहाज मार्फत काठमाडौं ल्याइदै छ । 

बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिएपनि गृह प्रशासनले रोकेको थियो ।

कारागार सरुवा रोकेपछि  रास्वपा ले संसदमै  विरोध जनाएको थियो । रवि पत्नी निकिता पौडेलले अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थासम्म पुग्ने बताएकी थिइन् । यस्तै मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको र बसाई असहज भएको  बताएपछि सरकारमाथि दबाब परेको थियो ।

सोही अनुसार लामिछानेलाई काठमाडौं सार्न तयार भएको हो । रविलाई कारागार स्थानान्तरण गर्ने भएपछि भैरहवा कारागार अगाडि रास्वपा  नेता कार्यकर्ताको भीड लागेको थियो । लामिछाने लाई ३स्१० को फ्लाइटमा लैजाने भनिएपनि कारागारबाट बाहिर निकाल्न ढिला भएको थियो ।

उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो । त्यसको करिब ४० दिनपछि हिजोमात्रै कारागार व्यवस्थापन विभागले कारागार सरुवा गर्ने निर्णय गरेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्