कांग्रेसले गर्यो यादवको सदस्यता खारेज
काठमाडौं । नेपाली कांग्रेसले बिहीबार पार्टी प्रवेश गराएका देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त भएको खुलासा गरेपछि सदस्यता खारेज गरिएको हो ।
बिहीबार सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीले यादवलाई पार्टीमा स्वागत गरेका थिए । यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका छन् । उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा छ ।

