sevenstartv.com ११ असार २०८३, बिहिवार

एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज

२९ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विरुद्धमा दर्ता गरेको रिट खारेज गरेको छ ।

गणेश थापाले एन्फा र अध्यक्ष पङ्कज विक्रम नेम्बाङविरुद्धमा अदालतको अवहेलना भन्दै दर्ता गरेको रिटमा दाबी नपुग्ने भन्दै खारेज भएको हो । थापाले एन्फाको साधारण सभाको वैधानिकता र आफ्नो सहभागिताको दाबी गर्दै १९ वैशाखमा रिट दायर गरेका थिए ।

यसैगरी गौरवले २३ वैशाखमा साधारण सभामा सहभागिताको विषय तथा २ जेठमा अदालतको अवहेलना सम्बन्धमा एन्फा र अध्यक्ष पङ्कजविक्रम नेम्बाङलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । २६ वैशाखाका काभ्रेको धुलिखेलमा भएको साधारण सभामा अध्यक्ष थापाले फिफाको १० वर्षको प्रतिबन्धको समय सकिएका कारण प्रवेश पाउनुपर्ने आवाज उठाए पनि एन्फाले प्रक्रिया नपुगेको भन्दै उनीहरू दुवैलाई प्रवेश दिएको थिएन ।

गणेश थापाको मुद्दाको फैसला चार असार र गौरव थापाको मुद्दा बुधबार खारेज भएको हो । यसअघि नै रमेश रायमाझीले ११ जेठमा एन्फालाई नै विपक्षी बनाएर दर्ता गराएको रिट र रबिन चन्दले दर्ता गरेको अर्को रिट पनि खारेज भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्