sevenstartv.com ११ असार २०८३, बिहिवार

कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको छ : राष्ट्रपति पौडेल

२७ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको बताएका छन् । भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा नेपाल कानून व्यवसायी परिषद्को ३२ औं स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने कुरालाई बिर्सन नमिल्ने बताएका छन् । उनले भने, ‘विधिको पूर्ण पालना गरी न्यायपूर्ण रितिथिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ।’

राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै  जहाँसुकैका जोकोही भएपनि कानून व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पारे । नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनामा कानून व्यवसायीले पु¥याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईँहरूको अझै प्रभावकारी भूमिका रहने उनको भनाई छ । 

उनले परिषद्ले आधुनिक समयको माग र जनचाहनाअनुरुप यस प्रकारको उच्च व्यावसायिक दक्षता, नैतिकता एवम् यस क्षेत्रका मूल्यमान्यता र जवाफदेहिता वहन गर्ने कानून व्यवसायी तयार गर्नुपर्ने गुरुत्तर दायित्व निर्वाहमा कुनै कसर बाँकी राख्दैन भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्