sevenstartv.com ११ असार २०८३, बिहिवार

रामहरि खतिवडाले दिए राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा

२७ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।

सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । तर, समितिको प्रतिवेदनमा आफूलाई राजीनामा दिन सिफारिस नगरेको तथा कारबाहीको सिफारिस नगरे पनि आफूले हाँसी खुसी राजीनामा दिन लागेको उनले स्पष्ट पारे ।

 

कुलिङ पिरियडमा सबैको सहमति जुटाउन आफूले सक्दो भूमिका खेलेको भए पनि पछि यसमा छेडखानी गरिएको उनको तर्क थियो ।  संसद् बैठकमा बोल्दै उनले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी दोहोर्‍याए । उनले आफ्नो कार्यकालमा समितिबाट भएका कार्य प्रगति सुनाएका थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्