sevenstartv.com ११ असार २०८३, बिहिवार

राष्ट्रियसभाको बैठक बस्दै

२३ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएकाने छ ।  बैठक संसद भवन नयाँबानेश्वरमा बिहान सवा ११ बजे  बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने छिन् । 

बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।