sevenstartv.com ११ असार २०८३, बिहिवार

पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना पाउने गृहमन्त्री लेखककाे भनाई

२२ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्यशालामा उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्वसूचना प्राप्त गर्ने बताएका हुन् । 

उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसूचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए । 

'संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सूचना प्राप्त गर्नुपर्छ भनेको छ ।'उनले भने, 'हामी अहिले त्यसको मार्गचित्र बनाउँदै छौ थोरै पछाडि परेका छौ अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चितता गर्छ ।'