तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्ने छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
