sevenstartv.com १० चैत २०८२, मङ्गलवार

भारतीय प्रधानमन्त्री मोदी युक्रेन जाँदै

७ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेन पुग्दैछन् ।

भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड भ्रमण सकेर शुक्रबार युक्रेन जान लागेका हुन । युक्रेनमा ‘राष्ट्रिय झण्डा दिवस’ शुक्रबार मनाइँदैछ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको यो पहिलो युक्रेन भ्रमण हो ।

यो भ्रमणको करिब डेढ महिनाअघि उनी रुसको भ्रमणमा पनि गएका थिए । युक्रेनमा पुग्नुअघि मोदी पोल्याण्डमा रोकिएका थिए ।

पोल्याण्डको राजधानी वार्सामा भारतीयहरूलाई सम्बोधन गर्दै उनले हामी बुद्धमा विश्वास गर्ने र युद्धमा विश्वास नगर्ने जनता भएको बताएका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्