sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौँ । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ ।

विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस अर्थमा नेपाल संवतको नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको छ ।

बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् । दुईदेखि तीन सय धर्मावलम्बीको सहभागितामा गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ पर्व मनाइने गरिन्छ ।

एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा गर्ने प्रचलन छ । यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ ।

राँगा, भेडाको सिङबाट बनाइएका ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत बाजा बजाएर परिक्रमा गर्ने प्रचलन रहेको छ । गुँला पर्वका अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्