sevenstartv.com २९ साउन २०८३, शुक्रवार

‘जय नेपाल पार्टी’आज दर्ता हुँदै

प्रसाईं र राणाबीच पार्टी निर्माणबारे विवाद

२९ साउन २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । राजवादी नेता तथा अभियान्ता दुर्गा प्रसाईं र नेता डा. धवलशमशेर राणा मिलेर खोल्ने भनिएको जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुनु पूवै नै विवादास्पद अवस्थामा पुगेको छ  ।

यी दुई नेताविच आपसी मतभेद र खटपटका कारण प्रसाईंको सहमति विना नै डा. राणाले शुक्रबार जय नेपाल पार्टी दर्ता गर्ने भएका हुन् । डा. राणाले बुधबार एक आह्वान पत्र जारी गर्दै साउन २६ गतेको कार्यदलको निर्णयबमोजिम साउन २९ गते शुक्रबार दिनको १२: १५ बजे निर्वाचन आयोग, कान्तिपथमा दल दर्ता गरिने जानाकारी गराएका थिए ।

उनले पार्टीमा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सो समयमा उपस्थित हुन समेत अनुरोध गरेका छन् । केहि दिन अघि मात्र दुर्गा प्रसाईंले डा. राणामाथि गम्भीर आरोप लगाएसँगै उनीहरुको सम्पन्ध चिसिन्दै गएको हो ।

राणाले राजसंस्था नचाहेको र राणाहरू देशमा भएसम्म राजा नआउने प्रसाईंको अभिव्यक्तिका कारण प्रसाईंसँग राणा चिठिएका थिए । प्रसाईंले भनेका थिए, ‘धवलजीको कुरा सुन्दा पार्टीभित्र सीआईए पसेको जस्तो लागेको छ।’ दरबार हत्याकाण्डबारे राणाले राखेको धारणामा आपत्ति जनाउँदै प्रसाईंले यस्तो विवादास्पद अभिव्यक्ति दिएका थिए ।

यता, प्रस्तावित पार्टीको कार्यदलका सदस्यसचिव सगुन सुन्दर लावतीले प्रसाईं सहभागी भए पनि नभए पनि दल दर्ताको प्रक्रिया नरोकिने जनाएका छन् । लावतीले प्रसाईंका अभिव्यक्तिहरू व्यक्तिगत भएको र मुकुन्द श्याम गिरीको नेतृत्वमा रहेको कार्यदलले विधिवत रूपमा दल दर्ता गर्ने निर्णय गरिसकेको जानकारी गराएका छन्। उक्त कार्यदलमा प्रसाईं पक्षको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्