sevenstartv.com १० चैत २०८२, मङ्गलवार

औषधी उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा एक औषधी उद्योगमा विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । 

अनाकापल्ली जिल्लाको एसईजेडस्थित एसिएन्टिया एडभान्स साइन्स प्राइभेट लिमिटेड नामको उद्योगमा बुधबार रिएक्टर विस्फोट भएको थियो।  यो विस्फोटले उद्योगको एउटा तला भत्किएको थियो भने कामदार विस्फोटपछिको आगोको लप्कामा परेका थिए । 

आगलागीमा गम्भीर घाइते भएका ३६ जनालाई अस्पताल भर्ना गरिएको छ । ३८१ कामदारले दुई सिफ्टमा काम गर्दै आएको यस उद्योगमा विस्फोटको समयमा धेरैजसो व्यक्ति खाजा खान बाहिर निस्किएकाले मानवीय क्षति कम भएको अधिकारीले जनाएका छन् ।

उद्योगभित्रै रहेका कर्मचारीमध्ये अधिकांश आगलागीमा परेको समाचार एजेन्सीले जनाएका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्