sevenstartv.com ८ असार २०८२, आइतवार

दक्षिण कोरियाको राष्ट्रपतिमा म्युङले निर्वाचित

२१ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे म्युङले निर्वाचित भएका छन् । 

थानीय समयअनुसार मङ्गलवार मध्यरातसम्म भएको मतगणनापछि हार स्वीकार गर्दै सत्तारूढ दलका किम मुन सूले म्युङलाई बधाइसमेत दिएका छन् । चार करोड ४४ लाख योग्य मतदातामध्ये  ८० प्रतिशतले मतदान गरेका त्यहाँको निर्वाचन आयोगले जनाएको छ । 

जीतसँगै ६१ वर्षीय ली ले बुधबार देशको राष्ट्रपतिको रूपमा शपथ लिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । ली ले आफ्नो विजय भाषणमा दक्षिण कोरियाको अर्थतन्त्रलाई पुनः शुरू गर्ने र उत्तरसँग शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।पूर्वराष्ट्रपति युन सुक–योलले ‘मार्शल ल’ को घोषणा गरेपछि उनलाई महाभियोग लगाएर पदबाट हटाइएको थियो । एजेन्सी

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्