sevenstartv.com २० वैशाख २०८३, आइतवार

रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै

१९ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे भएको हो । 

बैठक भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकको राजीनामाबारे केन्द्रित रहेनछ । यसबाहेक समसामयिक राजनीतिको समीक्षा र पार्टीको महाधिवेशन केन्द्रित गतिविधि, पालिका र वडा तहका कमिटीहरूको अधिवेशनबारे पनि छलफल हुनेछ । जेठ २३ गतेबाट आरम्भ गर्ने भनिएको जनयात्राबारे पनि बैठकमा छलफल गर्ने कार्यसूची छ । 

सचिवालयको बैठक सकिएलगत्तै अपराह्न ३ बसे संसदीय दलको बैठक बोलाइएको छ । संघीय संसदमा गृहमन्त्रीको राजीनामा माग्दै अवरोध कायम छ । यसलाई थप सशक्त बनाउनेबारे दलको बैठकमा छलफल हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्