एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने भएको हो ।
समसामयिक राजनीति र संसदमा प्रस्तुत नयाँ आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ ।
जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि छलफल हुँदैछ ।
