राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताएका छन् ।
आइतबार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनकारीहरुले अहिले राजाका बारेमा तर्क गर्न थालेकाले तदारुकताका साथ प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।
उनले प्रतिगमनविरुद्ध संस्थागत पहल नहुँदा छाडा हुन थालेको भन्दै नारायणहिटी हत्याकाण्ड, नविता, विनिता बलात्कार र हत्या, मूर्ति चोरेर विदेश पुर्याउने को हुन् भनेर जनतालाई बुझाउनुपर्ने समय आएको स्पष्ट पारे ।
यथास्थितिवाद र प्रतिगमनकाविरुद्ध वैचारिक रुपले गाउँगाउँ, टोलटोल र घरघरमा पुर्याउनुपर्ने समय आएको अध्यक्ष दाहालको भनाई थियो । उनले संविधानको अपनत्व र स्वामित्व रक्षाका लागि उभिनेसँग भोलिका दिनमा तालमेल हुनसक्ने स्पष्ट पारेका छन् ।
