जाजरकोटमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-२ ठूलडाँँडा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको हो ।
गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो ।
